काठमाडौं ४ माघ / सरकारले डा. गोविन्द केसीसँग भएको सहमति अनुमोदन गरेको छ । गत पुस २८ गते मध्यराति डा. केसीसँग भएको पाँचबुँदे सहमति बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो । डा. केसीसँगको सहमति अनुमोदनसँगै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रा. डा. जगदीशप्रसाद अग्रवालले निरन्तरता पाउने भएका छन् ।
डा. केसीको पहिलो माग नै अग्रवालको पुनर्बहाली थियो । बैठकले डा. अग्रवाललाई नै डिनको रूपमा निरन्तरता दिने पत्र पठाउन त्रिवि उपकुलपति तीर्थ खनियाँलाई निर्देशन दिने निर्णय गरेको छ । तर, तीर्थ खनियाँले भने आफू कानुनी रूपमा अगाडि बढ्ने बताउँदै आएका छन् । उनले व्यक्ति तोकेर दिएको निर्देशन नमान्ने बताए ।
आइओएमको डिन पदबाट चार वर्षअघि हटाइएका प्रा. डा. शशि शर्मालाई सर्वोच्च अदालतले २३ पुसमा ४ दिनका लागि पुनर्बहाली गरेको थियो । सर्वोच्चको उक्त निर्णयविरुद्ध केसी अनशन बसेका थिए । बैठकले डा. गोविन्द केसीको माग सम्बोधन गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठनसमेत गरेको छ ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया