काठमाडौं १६ माघ / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार राजधानीमा नक्कली अस्पतालका सञ्चालक र नक्कली डाक्टरको आशंकामा २० जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीका अनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका डाक्टर र दर्तै नगरी अस्पताल चलाउने सञ्चालक पक्राउ गरिएको हो । तीमध्ये कति नक्कली हुन् भन्ने अनुसन्धानपछि खुल्ने कार्कीले जनाए ।
उपभोक्ता हित संरक्षण मञ्चका ज्योति बानियाँले आफूहरूले दिएको जाहेरीका आधारमा सीआईबीले नक्कली डाक्टर र नक्कली अस्पतालविरुद्घ कारबाही थालिएको बताए । देशभर यस्ता नक्कली डाक्टर र अस्पताल धेरै रहेको जनाउँदै बानियाँले अन्यत्र पनि कारबाही गरिनुपर्ने बताए ।
नक्कली डाक्टर पक्राउ शिर्षकमा कान्तिपुरमा प्रकाशित
प्रतिक्रिया