काठमाडौं १७ माघ / अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण गर्ने भनिएको ‘विद्यार्थी सहिद पार्क’ को शिलन्यास गरिएको छ। सहिद दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी पार्कको शिलान्यास गरिएको हो।अनेरास्ववियुका पूर्व अध्यक्ष विश्वकान्त मैनाली र अध्यक्ष नबिना लामाले संयुक्त रुपमा शिलान्यास गरे।
काभ्रेको नमोबुद्व नगरपालिका वार्ड न ९ श्थित कुरगाँउमा शहिदहरुको सम्झनामा नेपालकै एकमात्र बिध्यार्थी शहिद पार्कमा विभिन्न आन्दोलनमा सहिद भएका बिध्यार्थी नेताहरूको शालिकहरु राखिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख सुदिप शर्माले जानकारी दिए। बिध्यार्थी आन्दोलनको इतिहासलाई जीवित राख्ने उदेश्यले सहिद पार्क निर्माण गर्न लागिएको उनको भनाई थियो।
सहिद पार्क निर्माणका लागि स्थानीय समाजसेवि एवं पूर्व गाविस अध्यक्ष पदम बहादुर लामा र राम बहादुर तामाङले जग्गा उपलब्ध गराएका छन्। पार्कलाई लाइब्रेरी र अन्य एेतिहासिक दस्तावेज हरुको संग्रहालयका रुपमा बिकास गरिने अनेरास्ववियुले तयारी गरेको छ।
अन्नपूर्ण पोष्टबाट
प्रतिक्रिया