Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

वालवालिकालाई विद्यालय नपठाए सरकारी सेवा सुविधा बन्द

शुक्रबार, १९ माघ २०७४

काठमाडौं १९ माघ / रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ५ वर्ष पुरा भएका वालवालिकालाई अनिवार्य रुपमा आधारभूत शिक्षाका लागि विद्यालय पठाउनु पर्ने नपठाए स्थानिय तहवाट उपलब्ध गराउने सवै सेवा सुविधावाट त्यस्ता अभिभावकलाई बञ्चित गराउने गरि शिक्षा नियमावली २०७४ पारित गरेको छ ।

नगरपालिकाको दोस्रो नगर सभाले स्थानिय तहको कानुन निर्माणको संवैधानिक प्रावधान अनुसार यही माघ ८ गते शुरु भै १४ गते सम्पन्न भएको सभाबाट संवैधानिक रुपमा प्राप्त अधिकारका सवालमा कानुन निर्माण गरेका जनाएको छ ।

नेपाल समाचारपत्रमा यमलाल भुसालले लेखेका छन् ।

प्रतिक्रिया