Edukhabar
आइतबार, ०८ भदौ २०८२
अन्तैवाट

शिक्षामा परिमार्जन आवश्यक : राष्ट्रपति

शनिबार, ०५ फागुन २०७४

काठमाडौं ५ फागुन / राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समाज परिवर्तनको महŒवपूर्ण पाटो भएको बताएकी छिन् । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घास्थित त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षामा समयअनुकूल परिमार्जन र लगानी गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

उनले शिक्षा क्षेत्रमा लगानीअनुुसारको प्रतिफल प्राप्त हुन नसकेको गुनासो आएकाले कमजोरीको समीक्षा गर्नुपर्ने खाँचो रहेको बताइन् । उनले समाजकै अग्रसरता र लगानीमा देशका धेरै सामुदायिक बिद्यालय नमुना भएकाले त्यसतर्फ लाग्न सबैलाई आग्रह गरिन् ।राष्ट्रपति भण्डारीले आर्थिक अभाव, चेतना अभाव र विपन्नताका कारण अझैसम्म पनि हरेक नेपालीको शिक्षामा पहुँच पुग्न नसकेको बताइन् । कफी खेतीको उद्गमस्थल गुल्मीमा शिक्षालाई प्रविधिसँग जोड्दै त्रिभुवन माविलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा सांसद गोकर्ण बिष्टले पनि सम्बोधन गरेका थिए ।

राष्ट्रपतिले शुक्रबार नै रिडी संस्कृत तथा साधारण माविको सयौं वार्षिकोत्सलाई समेत सम्बोधन गरिन् । सो अवसरमा उनले प्रसिद्ध धार्मिक स्थल रुरुको विकास र समृद्धिका लागि सबैको ध्यान पुग्नुपर्नेमा जोड दिइन् । सो कार्यक्रममा सांसद प्रदीप ज्ञवालीले पनि मन्तव्य व्यक्त गरेका थिए ।शुक्रबार बिहान रिडी आएकी राष्ट्रपति भण्डारीले कालीगण्डकीमा स्नान गर्नुका साथै ऋषिकेश मन्दिरको दर्शन गरेको रुरु संस्कृत तथा साधारण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीले जानकारी दिए ।

नागरिकमा  शिवलाल सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया