काठमाडौं १८ चैत / नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा ७६.१५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
शनिबार भएको परीक्षामा १६ सय ५० जनाले फारम भरे पनि परीक्षामा एमबिबिएस गरेका १६ सय ३८ र बिडिएस गरेका ३०५ गरी १९ सय ४३ जना सहभागी थिए । एमबिबिएसमा १२१४ र बिडिएसमा २६५ जना चिकित्सक उत्तीर्ण भएको काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले जानकारी दिए ।
परीक्षामा कलम काउन्सिलकै
काउन्सिलले सम्भावित अनियमितता रोक्न मोबाइल जामर प्रयोग गरेको थियो । परीक्षा मर्यादित तुल्याउन भन्दै काउन्सिलले पहिलोपटक परीक्षा केन्द्रमा मोबाइल नचल्ने प्रविधि अपनाएको शर्माले बताए ।
नयाँ पत्रिकाबाट
प्रतिक्रिया