Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

रक्सी खाएर विद्यालय आउने शिक्षकलाई कारबाही

शुक्रबार, २३ चैत्र २०७४

काठमाडौं २३ चैत / मादक पदार्थ सेवन गरी विद्यालय जाने ओखलढुंगाको मोलुङ गाउँपालिका—१ स्थित जलकन्या आधारभूत विद्यालयका एक शिक्षकमाथि कारबाहीको सिफारिस भएको छ । दिनहुँ मादक पदार्थ सेवन गरी विद्यालय जाने शिक्षक भीम कार्कीमाथि कारबाही गर्न जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको हो ।

मादक पदार्थ सेवन गरी विद्यालयको शैक्षिक वातावरण बिगारेको आरोपमा विद्यालय व्यवस्थापन समितिले कारबाहीका लागि सिफारिस गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले जनाएका छन् । वर्षौँदेखि मादक पदार्थ सेवन गरेर विद्यालय आउने, जुनसुकै समयमा बिदा दिने र पठनपाठन नगराउने गरेपछि कारबाहीका लागि सिफारिस गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

यसअघि पनि कारबाही वा सरुवा गर्न माग गरिए पनि राजनीतिक संरक्षणमा जिल्ला शिक्षा कार्यालयले कारबाही नगरी संरक्षण गर्दै आएको थियो । सो विद्यालयमा २२ जना विद्यार्थी भर्ना भए पनि १० देखि १२ जना मात्र नियमति आउने गरेका छन् । दुईजना शिक्षकको दरबन्दी रहे पनि एक शिक्षक सधैँ मापसे गर्ने भएकाले विद्यालयका प्रधानाध्याक तुलसीराम दाहालले कक्षा सञ्चालन गरिरहेका छन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया