Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

जन्मदर्ताविहीन दर्जनौँ बालबालिका विद्यालयमा भर्ना

सोमबार, १० बैशाख २०७५

काठमाडौं १० बैशाख / जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका दर्जनौँ बालबालिकालाई गौशाला नगरपालिका महोत्तरीले सिफारिस गरेपछि उनीहरु सामुदायिक विद्यालयमा भर्ना भएका छन् । आइतबार गौशाला नगरपालिका वडा नं ४ र १० का दलित बस्तीमा गरी ८८ जना उमेर पुगेका बालबालिकालाई नजिकै रहेको सामुदायिक विद्यालयमा भर्ना गरिएको हो ।

गौशाला–१० भरतपुरखोरका मुसहर समुदायका ४१ जनालाई जनता मावि भरतपुरखोरमा र गौशाला नगरपालिका–४ विर्ताका ४७ जना बालबालिकालाई नजिकै रहेको राष्ट्रिय आधारभूत विद्यालयमा भर्ना गराएको स्रोत व्यक्ति दीपक बरालले बताउनुभयो ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस्ता समुदायका बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनको लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । गौशाला नगरपालिकाभित्र रहेको ३२ वटै सामुदायिक विद्यालयमा भर्ना अभियान तीव्ररुपमा सञ्चालन गर्नका लागि आफूले बारम्बार निर्देशन दिएको महतोले जानकारी दिनुभयो ।

गोरखापत्रमा प्रकाशित

प्रतिक्रिया