Edukhabar
बुधबार, ०४ भदौ २०८२
अन्तैवाट

संसारका पुराना १० विश्वविद्यालय

शनिबार, १५ बैशाख २०७५
काठमाडौं १५ बैशाख / अक्सफोर्ड विश्वविद्यालय स्थान : बेलायत स्थापना : सन् १०९६ यो विश्वविद्यालयका पूर्वविद्यार्थीको सूचीले चकित पार्छ । बेलायतका २७ प्रधानमन्त्री, प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङसहित ४७ नोबेल पुरस्कार विजेता यही विश्वविद्यालयका पूर्वविद्यार्थी हुन् । यो संसारका उत्कृष्ट विश्वविद्यालयमा छैटौँ स्थानमा छ । सालमान्का विश्वविद्यालय स्थान : म्याड्रिड, स्पेन स्थापना : सन् ११३४ म्याड्रिडको पश्चिममा अवस्थित सालमान्का विश्वविद्यालय सन् ११३४ मा स्थापना भएको थियो । यसअन्तर्गतका नौ क्याम्पसमा ३० हजार विद्यार्थी अध्ययनरत छन् । यो उत्कृष्ट विश्वविद्यालयको सूचीमा ६०१ स्थानमा छ । बोलोङ्या विश्वविद्यालय स्थान : बोलोङ्या, इटाली स्थापना : सन् १०८८ ‘न्युरिसिङ मदर अफ द स्टडिज’ नारा दिएको बोलोङ्या विश्वविद्यालयलाई संसारकै पुरानो विश्वविद्यालयका रूपमा लिइन्छ । लामो समयसम्म विद्यावारिधिमा मात्रै अध्यापन गराउने यो विश्वविद्यालयले अहिले भने सबै तहको पढाइ गराउँदै आएको छ । यो विश्वविद्यालयमा ८४ हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । क्युएसको संसारका उत्कृष्ट विश्वविद्यालयको सूचीमा १८८औँ स्थानमा छ । पेरिस विश्वविद्यालय स्थान : फ्रान्स स्थापना : सन् ११६० फ्रान्सको राजधानी पेरिसमा स्थापना भएको यो विश्वविद्यालय युरोपका पुराना विश्वविद्यालयमा पर्छ । फ्रान्सेली क्रान्तिताका सन् १७९३ र सन् १८९६ को बीचमा बन्द पनि गरिएको थियो । अहिले यो १३ वटा छुट्टाछुट्टै विश्वविद्यालयका रूपमा रहेको छ । क्याम्ब्रिज विश्वविद्यालय स्थान : बेलायत स्थापना : सन् १२०९ राजनीतिक कारणले अक्सफोर्ड विश्वविद्यालय छोडेको एक समूहले नै क्याम्ब्रिज विश्वविद्यालय स्थापना गरेका हुन् । अहिले यो विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा पाँचौँ स्थानमा छ । यसमा १९ हजार ६६० विद्यार्थी अध्ययनरत छन् । पडुआ विश्वविद्यालय स्थान : इटाली स्थापना : सन् १२२२ अहिले २९६औँ स्थानमा रहेको यो विश्वविद्यालय सन् १२२२ मा स्थापना भएको थियो । यो कानुन, चिकित्सा र दर्शनका लागि उत्कृट विश्वविद्यालय मानिन्छ । यहाँ ६१ हजार विद्यार्थी अध्ययनरत छन् । यसअन्तर्गत नै नौवटा म्युजियम छन् । नेपल्स फेडेरिको–२ विश्वविद्यालय स्थान : इटाली स्थापना : सन् १२२४ रोमन साम्राज्यका राजा फेडेरिक द्वितीयको नामबाट नेपल्स फेडेरिको–२ विश्वविद्यालय सन् १२२४ मा स्थापना गरिएको हो । इटालीको सबैभन्दा ठूलो र पुराना यो विश्वविद्यालयमा एक लाख विद्यार्थी अध्ययनरत छन् । यो संसारका विश्वविद्यालयको सूचीमा ४८१ स्थानमा छ । सिअना विश्वविद्यालय स्थान : इटाली स्थापना : सन् १२४० इटालीको सिअना सहरमा अवस्थित सिअना विश्वविद्यालय नाम चलेका पुराना विश्वविद्यालयमध्ये एक हो । यहाँ २० हजार विद्यार्थी अध्ययनरत छन्, जुन सिअना सहरको जनसंख्याको आधा हो । यो सहरमा वर्षेनी एक लाख ६० हजार पर्यटक आउने गर्छन् । कोइम्ब्र विश्वविद्यालय स्थान : पोर्चुगल स्थापना : सन् १२९० संसारका विश्वविद्यालयको सूचीमा ४०१ स्थानमा रहेको कोइम्ब्र विश्वविद्यालय सन् १२९० मा स्थापना भएको थियो । यहाँ २४ हजार विद्यार्थी अध्ययनरत छन् । सन् २०१३ मा युनेस्कोले यो विश्वविद्यालयलाई पुरातत्व सम्पदाको सूचीमा राखेको छ । अल–अजहर विश्वविद्यालय स्थान : इजिप्ट स्थापना : सन् ९७० सन् १९६१ सम्म विश्वविद्यालयको मान्यता नपाएको भए पनि यो विश्वविद्यालय ९७० मै स्थापना भएको थियो । सुरुवातमा मदरसाका रूपमा रहेको यो विश्वविद्यालय अहिले संसारका उत्कृष्ट विश्वविद्यालयको सूचीमा ८०१ स्थानमा रहेको छ । (एजेन्सीको सहयोगमा) नयाँ पत्रिकाबाट

प्रतिक्रिया