काठमाडौं २९ बैशाख विश्व नर्सिङ दिवस शनिबार संसारभरि मनाइँदै छ । नर्सिङ सेवाको सुरुआत गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मदिनमा मनाइने नर्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ ।
नर्सिङ क्षेत्रका जानकारहरूका अनुसार नर्स बन्न नेपालमा चारदेखि आठ लाख रुपैयाँसम्म लाग्ने गरेको छ । वीर अस्पतालकी नर्सिङ अधिकृत रमिला चौलागाईंले नर्स बन्न एकिन रकम नतोकिएको बताइन् । सिटिइभिटीबाट मान्यता प्राप्त निजी कलेजहरूले फरक–फरक शुल्कमा नर्सिङ पढाइ गर्छन् ।
निजी अस्पतालमा चारदेखि आठ लाखसम्म खर्च हुने गरेको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थाले भने दुईदेखि तीन लाखसम्म लिने गर्छन् । तर, खर्चअनुसारको नर्सले तलब पाउँदैनन् । ‘नर्सलाई मासिक १० देखि ११ हजार रुपैयाँ तलब दिन्छन्,’ उनले भनिन् ।
नयाँ पत्रिकामा नर्स बन्न खर्च आठ लाख, मासिक तलब १० हजार शिर्षकमा अर्जुन अधिकारीले लेखेको खबरका आधारमा तयार
प्रतिक्रिया