काठमाडौं ३० बैशाख / सेवाविृत्त सातजना शिक्षकलाई अभिनन्दन गरिएको छ। सेवानिवृत शिक्षक समाज भक्तपुरको आयोजनामा शनिबार आयोजित ‘शैक्षिक अनुभव’ तेश्रो अंक विमोचन तथा अभिनन्दन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उनीहरुलाई सम्मान गरेका हुन्।
‘हामी अझै सबल छौं’ भन्ने नाराका साथ स्थापित सेवानिवृत शिक्षक समाज भक्तपुरले जीवनभर शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई सम्मान गरेको जनाएको छ। सम्मानित हुने शिक्षकहरुमा सरस्वती मावि थाकलमाथबाट सेवानिवृत कान्छा वासुकला, गणेश मावि नगदेशबा सेवानिवृत्त रञ्जनादेवी प्रधानांग, श्रीकृष्ण मावि खरिपाटीबाट सेवानिवृत्त सुधाम केसी, चाँगुनारायण मावि दुवाकोटबाट सेवानिवृत्त विष्णुभक्त राजचल, सरस्वती विद्यागृह मावि कमलविनायकबाट सेवानिवृत्त न्हुछेरत्न बुद्धाचार्य, शारदा मावि यालाछेंबाट सेवानिवृत्त रत्नकेशरी कक्षपति र सिद्धि शारदा आधारभूत विद्यालय ब्रम्हायणीबाट सेवानिवृत्त गंगा शाखः छन्।
शिक्षकहलाई सम्मान गर्दै अध्यक्ष बिजुक्छेंले शिक्षक इमानदार हुनुपर्ने बताए। उनले राजनीति पद, पैसा र पावरका लागि नभई जनताको निश्वार्थ सेवाका लागि भएको बताए। तर सत्तामा गएका दलहरुले त्यसलाई दुरुपयोग गरेको उनको आरोप छ।
अभिनन्दित सेवानिवृत्त शिक्षकका तर्फबाट केसीले आफूहरुले मुलुकको शिक्षाको विकासमा योगदान दिएको बताए। संस्थागत विद्यालयका तर्फबाट एभरेस्ट इङ्लिस स्कुल मिवाछेंका प्रिन्सिपल भक्तराज राजभण्डारीले सेवानिवृत्त शिक्षकलाई समाजले विज्ञ समूहका रुपमा प्रयोग गर्नुपर्ने बताए।
नागरिकमा छापिएको छ ।
प्रतिक्रिया