काठमाडौं १६ जेठ / प्रवासमा रहेका नेपालीले खोटेहाङ गाउँपालिका–२ समाजकाली निम्नमाध्यमिक विद्यलयका लागि चारकोठे पक्की भवन निर्माण गरिदिएका छन् । नयाँ पत्रिकाका अनुसार वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुक पुगेका नेपालीले संकलन गरेको १७ लाखभन्दा बढी रकमबाट सो भवन निर्माण गरिएको हो ।
यो रकममा स्थानीयले ७ लाखबराबरको जनश्रमदान गरेका थिए । ०२४ मा संस्थापक ब्रन्डबहादुर राईबाट स्थापित यस विद्यालयमा विद्यार्थी संख्या बढ्दै गएपछि कक्षाकोठा अभाव भएको थियो ।
नयाँ पत्रिकामा छापिएको छ ।
प्रतिक्रिया