Edukhabar
सोमबार, ०२ भदौ २०८२
अन्तैवाट

विद्यालय पुनर्निर्माणमा २४ अर्ब अपुग

मंगलबार, ०५ असार २०७५

काठमाडौं ५ असार / तीन वर्षअघि भूकम्पले भत्काएका विद्यालयको पुनर्निर्माणका लागि अझै पनि २४ अर्ब रुपैयाँको स्रोत जुट्न सकेको छैन । भूकम्पले ३२ जिल्लाका सात हजार ९२३ विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये तीन हजार ७८५ वटा निर्माण सम्पन्न भएका छन् । तर, क्षति भएकामध्ये करिब १६ सयमा कुनै पनि स्रोत पुगेको छैन । निर्माण भएकामा पनि कक्षा थप गर्न २४ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

नयाँ पत्रिकाका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का अनुसार अहिलेसम्म तीन हजार ७८५ निर्माण सम्पन्न र एक हजार नौ सय ६ निर्माणाधीन अवस्थामा छन् । त्यसैगरी, निर्माणका लागि छनोट चरणमा ४९४ विद्यालय छन् । भूकम्पबाट क्षति भएका कुल विद्यालयमध्ये तीन सय ७० विद्यालय मर्ज भएकाले सात हजार पाँच सय ५३ पुनर्निर्माण गर्नुपर्ने केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया