Edukhabar
आइतबार, २२ चैत्र २०८२
गतिविधि

साताको दुई दिन विदा, नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय

आइतबार, २२ चैत्र २०८२

काठमाडौ - सरकारले साताको दुई दिन शैक्षिक संस्थाहरु सहित सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद् बैठकले अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यो सँगै शैक्षिक संस्था बाहेकका कार्यालय समयमा पनि परिमार्जन गदै विहान नौ देखि पाँच बजे कायम गरिएको बैठक पछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेले जानकारी दिए । 

'पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गतेबाट लागूहुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आईतबार विदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय विहान नौ बजे देखी पाँच बजे सम्म कायम गरिएको छ’  पोखरेलले भने । 

खाडी क्षेत्रमा बढ्दो तनावले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरिएको जनाईएको छ । 

यसैबिच नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि शुरु गर्ने निर्णय समेत भएको पोखरेलले बताए । सामान्यतया हरेक बर्ष वैशाख दुई गतेबाट नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो। 

प्रतिक्रिया