काठमाडौ - पटक पटक फेरिदैँ आएको शिक्षा मन्त्रालयको नाम नौ बर्ष पछि फेरी बदलिएको छ । सत्ता गठबन्धन मिलाउने नाममा २०७४ चैत २ गते मन्त्रालय फुटाउँदा शिक्षाबाट निकालिएको युवा तथा खेलकुद मध्ये खेलकुदलाई फेरी शिक्षामा जोडिएको छ । शिक्षामा रहेको विज्ञानलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनका नाममा छुट्टै मन्त्रालय र खेलकुदमा रहेको युवालाई श्रम तथा रोजगार मन्त्रालयमा मिसाईएको छ ।
जेन जी बिद्रोहको जगमा भएको निर्वाचनको म्याण्डेड अनुसार गठित नयाँ सरकारले प्रशासनिक सुधार र खर्च कटौतीको अवधारणालाई आफ्नो शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीमा समावेश गरेको थियो । सोही अवधारणा कार्यान्वयन गर्न सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा घटाउँदा शिक्षा मन्त्रालयको नाम पनि बदलिएको हो । सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले तयार पारेको प्रतिवेदनकै आधारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गरेको थियो । सोही अनुसार संख्या घटाउँदै मन्त्रालयको कार्यविभाजन, नाम परिवर्तन र एकीकरणकोे निर्णय गरेको हो ।
प्रजातन्त्रको वहालीसँगै २००७ सालमा स्थापना गरिएको शिक्षा मन्त्रालयमा अन्य मन्त्रालयको नाम समेत जोडिने श्रृखलामा यस पटक फेरी खेलकुद जोडिएको छ । यस अघि २०५७ वैशाख ६ गते तत्कालिन श्री ५ को सरकारले तत्कालिन शिक्षा मन्त्रालय भित्र खेलकुद समेत गाभेर यस मन्त्रालयको नाम शिक्षा तथा खेलकुद मन्त्रालय राखेको थियो । २०६५ भदौ १५ गते खेलकुदलाई युवा तथा खेलकुदको नाममा छुट्टै मन्त्रालय बनाएर शिक्षालाई मात्रै छुट्टै राखियो ।
२०७४ साल फागुन ११ गते शिक्षा मन्त्रालयको नाम परिवर्तन गरेर शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय बनाईएको थियो ।
पढ्नुहोस् : शिक्षा मन्त्रालयको नाम परिवर्तन
संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार तत्कालिन समयमा रहेका ३० मन्त्रालयको संख्या घटाएर १८ मा झार्दा शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय गाभेर उक्त मन्त्रालयलाई खारेज गरिएको थियो । त्यसको एक महिना पनि नपुग्दै मधेसवादी दलहरुलाई समेत सरकारमा सहभागी गराएर दुई तिहाई मत सहितको सरकार बनाउने तत्कालिन प्रधानमन्त्री केपी ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहालको योजना अनुसार भागवण्डा मिलाउने नाममा चैत २ गते मन्त्रालय फुटाउँदा शिक्षाबाट युवा तथा खेलकुदलाई निकालिएको थियो ।
पढ्नुहोस् : फेरि बदलियो शिक्षा मन्त्रालयको नाम, भागवण्डा मिलाउन मन्त्रालय थप
अहिले राष्ट्रिय स्वतन्त्र पार्टि एक्लैको झण्डै दुई तिहार्ई मत सहितको सरकार गठनकै बेला प्रधानमन्त्री वालेन्द्र शाहले खेलकुदलाई शिक्षामा गाभ्ने योजना अनुसार सस्मित पोखरेललाई दुबै मन्त्रालयको जिम्मेवारी तोकेका थिए ।
मन्त्रालय घटाउने उक्त निर्णय सँगै कतिपय मन्त्रालयको नाम बदलिएको छ भने कतिपय मन्त्रालयहरु एक अर्कासँग गाभिएका छन् । संघीय सरकारका नयाँ मन्त्रालयहरु यसप्रकार छन् :
प्रतिक्रिया