Edukhabar
शनिबार, २४ असोज २०८३
अन्तैवाट

शिक्षक आयोग परीक्षामा लापरबाही

सोमबार, २८ असार २०७२

एउटै रोलनम्बरका दुई परीक्षार्थी

काठमाडौं २८ असार / शिक्षक सेवा आयोगले सञ्चालन गरेको निमावि तहको परीक्षामा एउटै रोलनम्बरबाट दुई जनाले परीक्षा दिएका छन् । 

पश्चिमाञ्चल विकास क्षेत्रको बुटबलबाट निमावि तहमा खुला र महिला कोटाबाट परीक्षा दिएका आकृति पाण्डे र गीता अर्यालको एउटै नम्बरबाट परीक्षा लिएको पाइएको हो । 

दुबै परीक्षार्थीले परीक्षा सकिएपछि मात्रै एउटै रोलनम्बर भएको जानकारी पाएका थिए ।

निमाविका हकमा पाण्डे र अर्यायल दुबै जनाले ११२०२०२७३ रोलनम्बरबाट परीक्षा दिएका हुन् ।  शिक्षक सेवा आयोगले एउटै नम्बर दिएपछि परीक्षार्थी समेत अन्यौलमा परेका छन् । 

दुबै परीक्षार्थीको एउटै तह, एउटै समूह र एउटै विज्ञापन नम्बर रहेको छ । शनिबार रुपन्देहीको सैनामैना उच्च मावि परीक्षा केन्द्रमा अंग्रेजी बिषयको परीक्षा सकेपछि उनीहरुको एउटै नम्बर भएको जानकारी पाएका हुन् । 

पाण्डे अर्घाखाचीको मोरङ गाबिस र अर्यायल कपिलबस्तुको बाणगंगा नगरपालिकाका बासिन्दा हुन् । 

रोलनम्बर दोहोरिनु सामान्य त्रुटी भएको र यसले परीक्षार्थीलाई कुनै समस्या नपर्ने शिक्षक सेवा आयोगका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया