Edukhabar
शनिबार, २४ असोज २०८३
अन्तैवाट

निःशुल्क जिल्ला घोषणा अधुरै

विहीबार, २४ असार २०७२

काठमाडौं २४ असार/असार मसान्तभित्र धनकुटा जिल्लालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गरिएको भएपनि जिल्लाका ९६ बालबालिका शिक्षाको पहुचभन्दा बाहिर रहेको पाइएको छ । 

जिल्ला शिक्षा कार्यालय धनकुटाको आयोजनामा निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित जिल्ला घोषणा सम्बन्धी अन्तरक्रिया  कार्यक्रममा जिल्लाका खास गरेर ग्रामिण क्षेत्रका ९६ बालबालिका अहिलेसम्म पनि विद्यालय भर्ना हुन नसकेको शिक्षा अधिकारी दुर्गाप्रसाद खरेलले बताए । 

शिक्षा मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले धनकुटालाई निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित जिल्ला घोषणा गर्न लागेकोमा प्रंससा गरे । 

आजको नेपाल समाचारपत्रमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया