Edukhabar
शनिबार, २४ असोज २०८३
अन्तैवाट

शिक्षिकका हत्याका आरोपी जेल चलान

मंगलबार, २२ असार २०७२

काठमाडौं २२ असार/ जिल्ला अदालत कैलालीले रामशिखरझाला १ रतिपुरकी शिक्षिका यशोदादेवी शाहीको हत्या अभियोगमा सातजनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । तीन दिनपछिको थुनछेक बसहसपछि आइतबार उनीहरुलाई थुनामा पठाएको हो । 

जिल्ला न्यायधीस मात्रिकाप्रसाद मरासिनीले आरोपित १२ मध्ये सातजनालाई थुनामा राख्न आदेश दिएको  श्रेष्तेदार जगदीशप्रसाद भट्टले जानकारी दिए । 

उनीहरुलाई कैलाली करागार चलान गरिएको छ । 

गत ११ जेठमा बेपत्ता भएकी रतिपुरकी यशोदादेवी शाहीको शव १५ जेठमा पहलमानपुरस्थित तुलसीपुरस्थित तुलसीुिर सामुदायिक वन क्षेत्रमा फेला परेपछि उनका आफन्तले १२ जना बिरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धा दायर गरेका थिए । 

आजको नयापत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया