Edukhabar
शनिबार, २४ असोज २०८३
अन्तैवाट

विदेशी विद्यार्थीबाट बढी शुल्क उठाउने आइओएम कर्मचारी निलम्वित

सोमबार, ०७ बैशाख २०७२

काठमाडौ–चिकित्सा शिक्षाका विभिन्न क्षेत्रमा अभ्यास गर्न आउने विदेशी विद्यार्थीबाट बढी शुल्क लिएको आरोपमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले चिकित्साशास्त्र अध्यान संस्थानमा कार्यरत उर्मिला लामालाई निलम्वन गरेको छ।

उनले विदेशबाट अल्पकालिन तालिममा आउने चिकित्सा विषयका विद्यार्थीबाट लिने शुल्क फर्जी रिसिभ बनाई उठाउँदै आएकी थिइन्। इलेक्टीभ कोर्ष गर्न आउने विदेशी विद्यार्थीबाट उनले लिएको शुल्क संस्थानमा नवुझाउने गरेको अख्तीयारले जनाएको छ।

यस अघि सो कुराको छानविन संस्थानद्धारा गठित समितिले समेत गरेको थियो। सो लगत्तै करिव तीन महिना देखि संस्थानले लामालाई निलम्बनमै राखेको छ। सो आधारमा निलम्बन अवधि सकिए पछि पुनः लामाले हाँजिर हुन पाउँ भनि निवेदन दिएपछि त्रिवि मार्फत छानविनको फाइल अख्तीयार पुगेको थियो।

यो संगै आइओएममा लामा कार्यरत रहेको शाखामा भएको आगजनी र विभिन्न कागजपत्र चोरीको घटनाबारे समेत अनुसन्धान जारी रहेको आइओएम स्रोतले बतायो।

दीपक दाहाल : http://nagariknews.com/politics/story/36795.html

प्रतिक्रिया