Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

शिक्षा मन्त्रालय अन्तर्गतको कर्मचारी युनियन(संघ) मा नयाँ कार्यसमिति

शुक्रबार, १३ फागुन २०७३

काठमाडौं– शिक्षा मन्त्रालय अन्तर्गतको नेपाल निजामति कर्मचारी युनियन (संघ)को अध्यक्षमा ज्ञानेन्द्र भट्ट चुनिएका छन् । संघको सातौं अधिवेशनले भट्टको नेतृत्वमा नयाँ कार्यसमितिका साथ गठन भएको हो । उपाध्यक्षमा खुलार्फबाट टिकेन्द्र भट्ट र महिलातर्फबाट मनुजा बराल चुनिएका छन् ।
सचिवमा भने धर्म तिवारी, सहसचिवमा रामप्रसाद तिवारी र कोषाध्यक्षमा भोजराज पोखरेल चुनिएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः अर्जुन पराजुली, सुरेन्द्र टन्डन, रमेश जोशी, बंशी सापकोटा, चिना निरौला र सुलोचना खनाल पनि चुनिएका छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा दिवाकर शर्मा र नवराज रिजाललाई सिफारिश गरेको छ ।

 

प्रतिक्रिया