Edukhabar
शुक्रबार, १८ असोज २०८१
खबर/फिचर

स्कुलमा नसिकेको सीप इन्ष्टिच्युटमा !

शनिबार, २४ असार २०७४

भक्तपुर– सूर्यविनायक नपाको नंखेलस्थित भुवनेश्वरी माविबाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षा(एसईई) उत्तीर्ण सोही ठाउँका सत्यसन्देश ब्याञ्जुले स्कुल पढ्दा कम्प्युटर देखे, छोए, कम्प्युटरबारेमा केही जाने ।
‘कम्प्युटर कसरी खोल्ने, कसरी बन्द गर्ने, टाइप कसरी गर्ने जस्ता केही बेसिक कुरा जानेको थिएँ, त्यति राम्ररी सिक्न पाइँन ।’ उनले कक्षा ९ पढ्दाको विगत सम्झिए । स्कुल पढ्दा कम्प्युटरले आफूलाई तानेपनि विभिन्न कारणले कम्प्युटरबारे जान्ने इच्छा अधुरै रह्यो । तर एसईई दिएपछि भने उनले आफ्नो इच्छा पूरा गरे ।
भक्तपुर नपाको इनाचोमा रहेको न्यूव फ्युजन कम्प्युटर इन्ष्टिच्युटमा चार महिना उनी कम्प्युटर शिक्षा सिक्न धाए, त्यही इन्ष्टिच्युटबाट उनले अफिस प्याकेज सिके । ‘स्कुलमा नसिकेको ज्ञान र सीप मैले इन्ष्टिच्युटमा आएर सिँके, निक्कै खुसी लागेको छ ।’ सिटीइभिटीबा सम्बन्धन प्राप्त सो इन्ष्टिच्युटबाट तालिम पाएकोमा दंग हुँदै उनले भने ।
अहिले भक्तपुरको ख्वप माविमा कक्षा ११ पढ्ने तरखरमा रहेका उनले कम्प्युटर सिकेपछि कक्षा ११ पढ्नका लागि पनि सहयोग पुग्ने बताउादै चार महिनाको सो तालिमका लागि जम्मा ४हजार पाँचसय खर्च गरेको पनि बताए ।
उनलेमात्र नभएर भक्तपुरकै अलिसा कोजुले पनि सोही ठाउँबाट कम्प्युटर तालिमको कोर्स सकाएकी छिन् । विशेषत ः एसईईपछिको फुर्सदको समय सदुपयोग गर्दै केही सीप सिक्ने योजनाअनुसार इन्ष्टिच्युटबाट तालिम लिएको र तालिमले पढाइलाई फाइदा पुर्याउनेमा आफू निश्चिन्त रहेको उनको भनाइ छ ।
उनीहरुसँगै यो वर्षमा सो इन्ष्टिच्युटबाट कम्प्युटरको तालिम लिएका १ सय ५३, चित्रकलाका १६, फोटोग्राफीका १०, ब्युटीपार्लरका १६, मोबाइल रिपेरिङका १६, गीताकार ८ र नृत्यका ६ जना गरी २ सय २७ विद्यार्थी लाभान्वित भएका छन् । सो इन्ष्टिच्युटबाट सञ्चालित विविध तालिम सफलतापूर्वक सकाएका ती विद्यार्थीलाई आज सामुहिक रुपमा प्रमाणपत्र वितरण गरिएको इन्ष्टिच्युट सञ्चालक बालकृष्ण बनमालाले बताए ।
तालिम सम्पन्न गरेका विद्यार्थीलाई भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा उनले भक्तपुरलाई चिनाउन पर्यटकीय गन्तव्य बनाउन जरुरी भएको बताउँदै नयाँ पुस्तालाई विभिन्न भाषाको सीप सिकाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा विद्यार्थी नेता नीरज लवजुले विद्यार्थीको लागि सीप जरुरी रहेको बताउँदै सिकेको सीपको सदुपयोग गर्न अनुरोध गरेका थिए ।

 

प्रतिक्रिया