भक्तपुर - अस्थायी शिक्षक ब्यवस्थापनका लागि चैत २३ गते तोकिएको परीक्षाका लागि शिक्षक सेवा आयोगले परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षाको विरुद्धमा अस्थायी शिक्षकको एक समूह र मुख्य दल निकट विद्यार्थी संगठनहरुले आन्दोलन जारी राखे पनि आयोगले आफ्नो काम प्रकृयागत रुपमा जारी राखेको छ ।
जस अनुसार बाँकेको नेपालगञ्जमा १७ वटा कञ्चनपुरको महेन्द्रनगरमा ११, झापाको पवर्तामोड र चन्द्रगढीमा गरी २६, काठमाडौंमा ३० वटा र कास्किको पोखरामा ३२ वटा केन्द्र निर्धारण गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् परीक्षा केन्द्रको विवरण :
यसैविच आन्दोलनरत पक्षहरुसँग वार्ता गर्न मंगलबार गठित समितिले उनीहरुलाई वार्ताको लागि आह्वान गर्दै पत्र पठाउने तयारी गरेको मन्त्रालयय श्रोतले जनाएको छ । दुबै पक्षलाई वार्तामा सहभागी हुन ३ ३ जना सदस्य सहितको वार्ता टोली बनाएर आउन आग्रह गर्दै पत्राचारको तयारी भएको उक्त श्रोतले जनाएको छ ।
प्रतिक्रिया