Edukhabar
मंगलबार, २४ भदौ २०८२
अन्तैवाट

अंग्रेजी स्तरीय बनाउन शिक्षकलाई तालिम

शनिबार, १५ बैशाख २०७५

काठमाडौं १५ बैशाख / गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्रका विद्यालयमा अंग्रेजी पठनपाठनलाई गुणस्तरीय बनाउन शिक्षकहरूका लागि तालिम सञ्चालन गरेको छ।

गाउँपालिकाको आयोजनामा ७ वटै वडाका सबै प्राथमिक विद्यालयका अंग्रेजी शिक्षकहरूलाई पठनपाठन स्तरीय बनाउनका लागि ५ दिने तालिम सञ्चालन गरिएको हो। गाउँपालिकाका ७ वडाका ४० प्राथमिक विद्यालयका ९० जना प्राथमिक तहका अंग्रेजी शिक्षकहरू तालिममा सहभागी भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेस भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार नेपाल अंग्रेजी भाषा शिक्षक सगंठन (नेल्टा) वाट डोर बिक्रम श्रीस र कृष्ण प्रसाद मरासिनी प्रशिक्षकका रुपमा रहेका छन। शुक्रबार (आज) देखि शुरु भएको तालिम ५ दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ।

नागरिकमा शिवलाल सुवेदीले लेखेका छन् ।

प्रतिक्रिया