Edukhabar
मंगलबार, २४ भदौ २०८२
अन्तैवाट

प्याब्सन र एनप्याब्सनका कार्यालयमा तालाबन्दी

विहीबार, २० बैशाख २०७५

काठमाडौं २० बैशाख  / निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै विद्यार्थी संगठनले बुधबार देशभरका निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एनप्याब्सन)को कार्यालयमा तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (छैटौँ)ले केन्द्रीय कार्यालय र सबै जिल्लाका कार्यालयमा तालाबन्दी गरेको नेविसंघ उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए ।
विद्यार्थी संगठनले डिल्लीबजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको केन्द्रीय कार्यालयसहित सबै जिल्लाका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ विपरीत बढी शुल्क लिएको भन्दै विद्यार्थी संगठन निजी विद्यालयविरुद्ध चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएका छन् ।

विद्याथी संगठनले २० वैशाखमा शिक्षा विभागका महानिर्देशकको कार्यकक्ष र जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा तालाबन्दी गर्ने, २१ वैशाखमा देशभरका स्थानीय तहका कार्यालयअगाडि प्रदर्शनसहित सिठी फुक्ने कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया