Edukhabar
शनिबार, २९ कार्तिक २०८२
अन्तैवाट

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विहीबार, ०३ जेठ २०७५

काठमाडौं ३ जेठ / विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।

बुधबार विद्यालयमा कम्प्युटर कोठमा भर्ना गर्न लागेका बेला एक्लै रहेको मौका छोपेर छात्रालाई टाउको, हात समाउँदै संवेदनशिल अंगमा सुम्सुम्याएको पिडित बालिकाले परिवारमा बताएपछि घटना बाहिर आएको हो।

शिक्षक संवेदनशिल अंगमा हातपात गरेपछि बालिका रुँदै विद्यालय बाहिर आएकि एक शिक्षकले बताए। पीडित बालिकाको परिवारले बाह्रकिलो प्रहरीचौकीमा उजुरी गरेपछि बुधबार राती प्रहरीले शिक्षक पाण्डेलाई पक्राउ गरी हिरासतमा राखेको जिल्लो जनाएको छ।

आरोपित शिक्षकलाई बुधबार राति पक्राउ गरेको, पीडित पक्षसँग घटनाबारे सोधपुछ गर्न बाँकी रहेको बताउँदै डीएसपी भेषराज रिजालले आज थप अनुसन्धान हुने बताएका छन्।

नागरिकमा नरहरि सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया