Edukhabar
शनिबार, २९ कार्तिक २०८२
अन्तैवाट

दुर्व्यवहार आरोपमा प्रधानाध्यापक बर्खास्त

आइतबार, ०६ जेठ २०७५

काठमाडौं ६ जेठ / विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–५, नागदहमा रहेको झट्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक केवलबहादुर तिमिल्सिनालाई पदबाट हटाउने निर्णय भएको छ।

विद्यार्थीलाई कुटपिट गर्दै पिसाब खुवाएको आरोपमा उनलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको हो।

प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ७ का बुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी गरी पिसाब खान बाध्य बनाएको गाउँपालिका अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर खड्काको आरोप छ । यता प्रधानाध्यापक तिमिल्सिनाले भने उछृङ्खल गतिविधिमा संलग्न विद्यार्थीलाई सामान्य कारबाही गरेको तर पिसाब नखुवाएको दाबी गरेका छन्।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले घटनाको बारेमा जानकारी आएको जानकारी दिँदै यस विषयमा शिक्षा विकास समन्वय समितिको संयोजनमा छानविन समिति बनाएर तत्काल घटनाको अध्ययन गर्ने बताए।

नागरिकबाट

प्रतिक्रिया