Edukhabar
शनिबार, २० असार २०८३
अन्तैवाट

शिक्षक तीन, विद्यार्थी पनि तीन

शनिबार, १२ जेठ २०७५

काठमाडौं १२ जेठ / भर्ना अभियान सम्पन्न भइसक्दा बाँकेको एक सामुदायिक विद्यालयमा ३ जना शिक्षक बराबर ३ जना विद्यार्थी मात्र भर्ना भएका छन् । अन्नपूर्ण पोष्टका अनुसार डुडुवा गाउँपालिका ५ स्थित नानुपुरुवाको कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा ३, ४ र ५ कक्षामा एक एक जना विद्यार्थी मात्र भर्ना भएका हुन्। यी विद्यार्थीलाई पढाउने शिक्षकको संख्या पनि ३ नै रहेको छ। तीमध्ये प्रधानाध्यापक शंकर सिंह र मालतीप्रसाद यादव स्थायी दरबन्दीका छन् भने जगदीश रोका अस्थायी दरबन्दीका शिक्षक हुन्।

सोमबार निमित्त जिल्ला समन्वय अधिकारी गोरख थापा, डुडुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ललायतको टोलीले अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो। यो विद्यालय नेपालगञ्जको राँझा विमानस्थलबाट चार किलोमिटरको दुरीमा पर्छ।

भर्ना अभियान सकिँदासमेत एउटा विद्यालयमा शिक्षक बराबर विद्यार्थी भर्ना हुनुलाई गाउँपालिकाले पनि आश्चार्य मानेको अन्नपूर्ण पोष्टमा शंकरप्रसाद खनालले लेखेका छन् ।

प्रतिक्रिया