काठमाडौं - सरकार गठन भएको सय दिनमा भएका उपलब्धिको ८८ बुँदे बिवरण मन्त्रीपरिषद्ले पास गरे सँगै सार्वजनिक गरिएको छ । उक्त ८८ बुँदे बिवरणमा शिक्षाका उपलब्धिलाई ३ बुँदामा समाबेश गरिएको छ ।
सामाजिक विकास शिर्षकमा समेटिएका ती उपलब्धि मध्ये विद्यालय बाहिर रहेका बालबालिकाको अभिभावकत्व ग्रहण गरी सम्पन्न गरिएको भर्ना अभियानलाई पहिलो बुँदामा समेटिएको छ । उक्त अभियान अन्र्तगत बैशाख २३ गते सम्ममा ३ सय ५२ ब्यक्ति र संस्थाबाट ६ सय ६८ बालबालिकाको अभिभावकत्व ग्रहण भएको उल्लेख छ । झण्डै ४ लाख बालबालिका विद्यालय बाहिर भएको अवस्थामा शुरु भर्ना अभियानमा कति बालबालिकालाई विद्यालय भित्र्याउन सकियो भन्ने अन्तिम तथ्याङ्क भने संकलनको काम जारी रहेको शिक्षा विभागका निर्देशक केशब प्रसाद दाहालले बताए ।
तर सरकारले सार्वजनिक गरेको आफ्नो सय दिने उपलब्धिमा भने उक्त विषयलाई महत्वपूर्ण रुपमा समेटिएको छ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्डका कार्यालयहरुमा स्थापना गरिएको भर्चुअल प्राईभेट नेटवर्कबाट कुनै पनि विद्यार्थीको बिवरण सच्याउन काठमाडौं धाउनु पर्ने अवस्थाको अन्त्य भएको सरकारको उपलब्धिमा उल्लेख छ ।
'राष्ट्रिय परीक्षा बोर्डको केन्द्रिय कार्यालय र सबै ११ वटै शाखा कार्यालयहरुमा स्थापना गरिएको भर्चुअल प्राईभेट नेटवर्क स्थापना भएको छ । काठमाडौं, बुटवल, खाङ् र नेपालगञ्ज शाखाबाट कार्य सुचारु भएको छ' उक्त उपलब्धि बिवरणमा भनिएको छ, 'यसबाट कुनै विद्यार्थीको नाम थर, जन्म मिति, परीक्षा दिएको विषय लगायतमा फरक परेका विवरण सच्याृन केन्द्रमा धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।'
यस्तै तेश्रो बुँदामा विषयगत अध्यापन अनुमतीपत्रको अवधारणा अनुसार पाठ्यक्रम विकास गरिएको कुरालाई समेटिएको छ ।
यस विचमा बसेका मन्त्रपिरिषद् बैठकले गरेका मन्त्रालयगत निर्णयको फेरहिस्त पनि उक्त उपलब्धिमा समेटिएको छ । यस विचमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत मन्त्रीपरिषद्ले विभिन्न २२ वटा निर्णय गरेको उक्त बिवरणमा समेटिएको छ ।
निजी विद्यालयको नियमनमा भएका निर्णय देखि जिल्ला शिक्षा कार्यालयको रुपान्तरित ईकाई सम्मका निर्णयलाई उक्त बिवरणमा समेटिएको छ ।
हेर्नुहोस् तल पिडिएफ फाईलमा
संघीय संरचना अनुसार सम्पन्न तीनै तहको निर्वाचन पश्चात गत फागुन ३ गते केपी ओलीको नेतृत्वको सरकार गठन भएको थियो । गठबन्धन गरेर चुनावमा होमिएका तत्कालिन एमाले र माओवादी केन्द्रले बहुमत पाए सँगै गठन भएको सरकारले गत १२ जेठमा सय दिन पुरा गरेको हो । ती दुई पार्टि मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भईसकेको छ । समाजवाद उन्मुख समाज निर्माणको परिकल्पना गरिएको संविधान कार्यान्वयनको बागडोर हातमा सम्हालेका दलको नेतृत्वको सरकारले शिक्षामा सुधार गर्न के कसरी काम गर्छन् भन्ने कुराले नै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख समाज निर्माणमा भूमिका खेल्ने छ ।
पढ्नुहोस् सरकारको उपलब्धि बिवरण :
प्रतिक्रिया