Edukhabar
शनिबार, २९ कार्तिक २०८२
अन्तैवाट

एक्कासि विद्यार्थी बेहास हुँदा विद्यालय बन्द

शुक्रबार, १८ जेठ २०७५

काठमाडौं १८ जेठ / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका १ लागिममा रहेको जन एकता आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरू एक्कासि मुर्छा पर्न थालेपछि विद्यालय बन्द भएको छ। तीनचार दिनदेखि बिरामीहरू मुर्छा पर्न थालेपछि बिहिबारदेखि विद्यालय बन्द गरिएको हो।

अहिलेसम्म १५ जनाभन्दा बढी विद्यार्र्थी बिरामी भएको विद्यालय व्यवस्थापन समितिका सदस्य पवनकुमार चन्दले जानकारी दिनुभयो। चन्दका अनुसार विद्यार्र्थीहरू केही दिनदेखि एक्कासि मुर्छा पर्न थालेपछि विद्यालय बन्द गरिएको हो। आजसम्म १५ जनाभन्दा बढी विद्यार्र्थी बिरामी परेको अन्य विद्यार्र्थी पनि बिरामी पर्न सक्ने डरले आइतबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको उहाँको भनाइ छ।

उहाँका अनुसार विद्यार्र्थीहरू मुर्छा पर्ने र ब्युँझिसकेपछि टाउको, हात खुट्टा दुख्ने, रिंगाटा लाग्ने र रुनेजस्ता लक्षण देखिने गरेका छन्। १३ गते सामान्य रूपमा विद्यार्र्थीमा यस्ता लक्षण देखिए पनि १४, १५ र १६ गतेसम्म भने बिरामीको संख्या बढ्दै गएको विद्यालयले जनाएको छ। १३ र १४ गते बिरामी हुने विद्यार्र्थीको केही उपचार भएन। बुधबार र बिहीबार गरी झण्डै २० जना विद्यार्थीको उपचार भएको छ। स्वास्थ्य चौकी पीपलका स्वास्थ्यकर्मीे २ दिनदेखि बिरामी विद्यार्थी उपचार गरिहेका छन् ।

स्वास्थ्यकर्मी विद्यालयमै पुगेर स्वास्थ्यकर्र्मीले बिरामी विद्यार्र्थीको उपचार गरेका हुन्। स्वास्थ्य चौकी पीपलका अहेव खगेन्द्र शर्मा नेतृत्वको स्वास्थ्यकर्र्मीको टोलीले लक्षणअनुसारको औषधि दिएर विद्यार्र्थीको उपचार जारी राखेको छ।

नेपाल समाचारपत्रमा धनवीर दाहालले लेखेको खबर ।

प्रतिक्रिया