Edukhabar
मंगलबार, ०३ चैत्र २०८२
खबर/फिचर

पालिकाको अनुदानमा निजी स्रोतका शिक्षकलाई तलब

विहीबार, ०७ भदौ २०७५

डोटी - निजी स्रोतका शिक्षकलाई तलब खुवाउनका लागी बोगटान गाउँपालिकाले  विद्यालयलाई अनुदान दिने भएको छ । 

गाउँपालिका भित्र रहेका निजी स्रोतका शिक्षक व्यबस्थापन गर्नका लागी आवश्यक कार्यविधि निर्माण गरेर विद्यार्थी संख्याका आधारमा विद्यालयलाई अनुदान दिने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । 

‘गाउँपालिका भित्र रहेका विद्यालयमा कार्यरत निजी स्रोतमा काम गर्दैै आएका शिक्षकको संख्या पनि ठुलो छ, शिक्षकको व्यवस्थापन गर्ने निर्णय गरेका छौं’ उनले भने, ‘हामीले आन्तरिक प्रतिष्पर्धाबाट छनौट गछौँ,  विद्यार्थी संख्याका आधारमा शिक्षक थप्ने र घटाउने काम पनि हुन्छ ।’ 

गाउँपालिकामा हुने नीतिगत भ्रष्टाचार अन्त्य गर्नका लागी गाउँ कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरेको उनले बताए । 

अध्यक्ष गडसिलाले भने ‘ ठाउँ–ठाउँमा विद्यालय खुलेका छन ति विद्यालयको चल्ने स्रोत के हो त्यो सबैलाई थाहा नै छ, त्यसैले घुमाएर खर्च गर्नु भन्दा नीति भित्र रहेर अनुदान दिने ब्यवस्था गरेका हौं ।’

विद्यार्थी संख्या नपुगेका विद्यालयलाई मर्ज गर्ने पक्रिया पनि संगै लैजाने तयारी रहेको उनले बताए । उनले थपे ‘शिक्षा क्षेत्रको ब्यापक  सुधारका लागी लागेका छौं, विद्यालय मर्जको काम पनि यसका साथमै हुन्छ धेरै विद्यालय भन्दा पनि अहिले गुणस्तरीय शिक्षा आबश्यक छ ।’

गाउँपालिकाले गरेको निर्णयले निजी स्रोतका शिक्षकलाई राहत हुने मष्टेश्वर माध्यामिक विद्यालयका शिक्षक चक्रबहादुर चन्दले बताए । शिक्षक चन्दले भने ‘बिगत लामो समयदेखी यस क्षेत्रमा कार्यरत छौं, गाउँपालिकाले हाम्रा माग सम्बोधन गर्ने बिषयमा कदम चालेका कारण शिक्षा क्षेत्र र शिक्षक सबैका लागी  खुसीको बिषय रहेको हो ।’

गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेका शिक्षकको ब्यबस्थापनका लागी कार्य थालनी गर्नु सकारात्मक पक्ष भएको जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख अनन्तकुमार पौड्यालले बताए । उनले भने ‘व्यबस्थित रुपमा कार्यविधि निर्माण गरेर शिक्षकको ब्यबस्थापन गर्न सकियो भने देश भरीमै उदाहरणीय काम हुन्छ ।’

 

प्रतिक्रिया