Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

शिक्षा मन्त्रालयका उपसचिव घुस सहित पक्राउ

विहीबार, २५ असोज २०७५

काठमाडौं - शिक्षा मन्त्रालयका उपसचिव लालबाबु साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । साह शिक्षा विकास तथा समन्वय इकाई, पर्साका इकाई प्रमुख हुन् । उनलाई आयोगको हेटौंडा स्थित कार्यालयबाट खटिएको टोलीले चालीस हजार रुपैंया घुस रकम सहित पक्रेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

'घुसबापतको रकम लिइसकेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १४ स्थित रहेको निजकै सरकारी निवासबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको' दंगालले जानकारी दिएका छन् । 

विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भए पछि बैङ्कमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीको छानविन गर्न गएको अख्तियारको टोलीले उनलाई फत्रेको हो । 

साहले पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि घुस मागेको आयोगमा उजुरी परेको थियो । 

प्रतिक्रिया