Edukhabar
सोमबार, ०२ चैत्र २०८२
खबर/फिचर

विद्यालयको बस दुर्घटनामा १६ को मृत्यु

विहीबार, ०६ मंसिर २०७५

डोटी - डा. केआइ सिंह राजमार्ग अन्र्तगत डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवामा विद्यालयको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । बिहीबार साँझ भएको उक्त दुर्घटनामा १० जनाको घटनास्थलमै र बाँकी ६ जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनामा दुई दर्जन बढी घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।

उग्रतारा मन्दिरमा लाग्ने जात्रा हेर्न स्थानीयले डोटीको शिखर नगरपालिका स्थित पिसजोन विद्या निकेतनको बस लिएर गएका थिए । जात्रा हेरेर घर फर्कंदा दुर्घटना भएको हो । से १ क २९३ नम्बरको उक्त बस सडकबाट झण्डै दुई सय मिटर तल खोलामा खसेको हो ।

प्रतिक्रिया