Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

सबै बालबालिका विद्यालय जाने स्थानीय तहको संख्या १२०

विहीबार, ०२ फागुन २०७५

काठमाडौं - आफ्नो क्षेत्र भित्रका सबै बालबालिका विद्यालय जाने स्थानीय तहको संख्या १ सय २० पुगेको सरकारले सार्वजनिक गरेको छ । सरकार गठन भएको एक बर्ष पुगेको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् । 

'देशभरका १२० स्थानीय तहले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गरिसकेका छन्' सम्बोधनका क्रममा उनले भने, 'यो अवधिमा २ लाख ५४ हजार थप बालबालिका विद्यालय प्रवेश गरेका छन् ।' 

समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको कुरालाई शैक्षिक उपलब्धि भन्दै ओलीले यस बर्ष पनि समयमै पाठ्युिस्तक पुग्ने दावी गरे । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै दुई बर्ष भित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय सकारात्मक रुपमा अघि बढेको पनि उल्लेख गरे ।

'सिटिईभिटिले यो बर्ष १ सय १ स्थानीय तहमा नयाँ प्राविधिक शिक्षालय स्थापना गरेको छ', उनले भने 'सिटिईभिटिकै दावी छ, ईतिहासमा यति धेरै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएको यो पहिलो पटक हो ।'

भुकम्पको ४ बर्षमा ध्वस्त भएका मध्ये १ हजार ७२ विद्यालयको पुर्ननिर्माण सम्पन्न भएको कुरालाई पनि उनले उपलब्धि मानेका छन् । १ हजार ४ सय ६० वटा सामुदायिक माध्यमिक विद्यालयमा निशुल्क ईण्टरनेट सेवा पुगेको उनले उल्लेख गरे ।  आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै देशमा विकासले गति लिएको उनको दावी छ । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ पढ्नुहोस् :

 

प्रतिक्रिया