Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

शिक्षक नियुक्तिमा घुस !

मंगलबार, ०५ चैत्र २०७५

काठमाडौं - अनुदान दरबन्दीमा शिक्षक बनाईदिने भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्यले एक लाख रुपैंया घुस मागेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं.३ स्थित श्री कृष्ण धार्मिक मा.वि. बसन्तपुरमा शिक्षक बनाईदिने भन्दै समिति सदस्य बिजयनाथ चौवेले सेवाग्राहीसँग १ लाख रुपैंया घुस मागेको उजुरी माथि अनुसन्धान हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त तथ्य फेला पारेको हो । चौवे विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

विद्यालयले अंग्रेजी विषयको मा.वि. अनुदान शिक्षक दरबन्दीको विज्ञापन गरेको थियो । शिक्षक नियुक्ति गराइदिने प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको बुटवल कार्यालबाट खटिएको टोलीले घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाईएको छ । 

 

प्रतिक्रिया