Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

हरेक बर्ष भर्ना दिवस

सोमबार, ०२ बैशाख २०७६

काठमाडौं - सरकारले हरेक वर्ष भर्ना दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले हरेक बर्ष बैशाख २ गते दिवस मनाउने निर्णय गरेको हो । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्र्याउन सरकारले यस अघि भर्ना अभियानका रुपमा मनाउँदै आएको थियो । तर अब हरेक बर्ष एउटै दिनमा दिवस मनाईने छ ।

दिवसका अवसरमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भित्र्याउन १६ गते  सम्म विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । बैठकले दिवसका लागि यस वर्ष ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, नेपाललाई शिक्षित देश बनाऔं’ भन्ने नारा तय गरेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

यसैबीच सरकारले समसामयिक विषयमा छलफल गर्न सगरमाथा डाइलग सञ्चालन गर्ने निर्णय समेत गरेको मन्त्री परिषद् श्रोतले जानकारी दियो । उक्त डाइलग अन्तर्गत सरकारी तवरमा अन्तराष्ट्रिय महत्वका विषयमा यस्तो सरकारी तबरबाटै छलफल सञ्चालन गरिने छ ।

प्रतिक्रिया