Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

प्रमाणपत्र खरिद गरी स्थायी शिक्षक !

मंगलबार, २४ बैशाख २०७६

काठमाडौं - स्थायी शिक्षक नियुक्त हुनका लागि आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट खरिद गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।

रुपन्देहीको टिकुलीगढ स्थित श्री समयमाई माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राम प्रसाद पौडेलले एस.एल.सी. सरहको शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट खरिद गरी ल्याई स्थायी शिक्षक नियुक्त भएको फेला परेको अख्तियारको दावी छ । पौडेलको प्रमाणपत्र छानविन गर्न भन्दै परेको उजुरी उपर कारवाही हुँदा उनले पेश गरेको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, भारतबाट हाइस्कुल (एस.एल.सी. सरह) परीक्षा उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाण पत्र झुट्ठा फेला परेको अख्तियारले जनाएको छ ।

झुट्ठा विवरण बुझाई राष्ट्रसेवकको पदमा बहाल रही लाभ एवं सुविधा समेत लिएको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन बमोजिम कसुर ठहरिएकोले मुद्दा दाय गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया