Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

बालविकास स्वयंसेवक माथि अन्याय भएको संसदमा चर्चा, कर्मचारीको व्यवस्थापन गर्न माग

विहीबार, ३० जेठ २०७६

काठमाडौं - प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत स्वयंसेवकलाई न्यूनतम तलबमान तोकी न्याय दिन संसदमा आवाज उठेको छ । बजेटमाथि मन्त्रालयगत रुपमा शुरु भएको छलफलमा भाग लिदैं सत्तारुढ दलकै सांसद राजेन्द्र प्रसाद गौतमले सरकारले तोकेको न्युनतम तलबमान समेत नपाएकाले उनीहरुको जीवन यापनमै समस्या भएको भन्दै सरकारको ध्यनाकर्षण गराएका हुन् । 

'पूर्व प्राथमिक विद्यालयमा कार्यरत बाल शिक्षिकाहरुले न्यूनतम तलब मान  ६ हजारमा मासिक गुजारा गरिरहेका छन्' उनले भने 'नेपाल सरकारको न्युनतम तलबमान १३ हजार ५ सय तोकेको छ सोही बमोजिम न्यूनतम तलब मान तोकी बाल विकास क्षेत्रमा कार्यरत शिक्षिकाहरुलाई न्याय दिलाईयोस् ।' 

विद्यालयमा कार्यरत कर्मचारीको समेत उचित व्यवस्थापन गर्नु पर्ने भन्दै उनले बर्षौ देखि विद्यालयमा भएर पनि कहिल्यै 'पे रोल'मा नदेखिएका कर्मचारीलाई सरक्षित अनुभूति गर्ने वातावरण निर्माण गर्न उनले ध्यानाकर्षण गराए । 

यस अघि शुन्य समयमा पनि उनले बालविकास केन्द्रमा कार्यरत स्वयंसेवकका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

बिहीबार संसदमा शिक्षा मन्त्रालय सहित खानेपानी र संघीय मामिला मन्त्रालयको बजेट माथि सांसदहरुले धारणा ब्यक्त गरेका छन् । 

यो पनि पढ्नुहोस् : विद्यालय मर्ज गरेर शिक्षक पुरा गर्न सुझाव !

प्रतिक्रिया