Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

नगर अध्यक्षको निधनमा जिल्लाभरका शिक्षालयमा विदा !

शनिबार, ३२ जेठ २०७६

काठमाडौं - गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष बालकुमार गुरुङ्को निधनमा श्रद्धाञ्जली अर्पण गर्न भन्दै आईतबार काठमाडौं जिल्लाका सबै निजी शिक्षालय बन्द हुने भएका छन् । निजी विद्यालय सञ्चालकहरुका दुवै संस्था प्याब्सन र एनप्याब्सनका काठमाडौं जिल्ला शाखाले एन प्याब्सनका काठमाडौं सहसचिव समेत रहेका गुरुङ्को निधनले स्तब्ध बनाएको भन्दै शोक व्यक्त गर्न विदाको निर्णय गरेको जनाएका छन् ।  

प्याब्सनका जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एन प्याब्सनका जिल्ला अध्यक्ष विष्णु प्रसाद पराजुलीद्वारा जारी विशेष विज्ञप्तिमा 'असार १ गते आईतबार काठमाडौं जिल्ला अन्र्तगत रहेका सम्पूर्ण निजी शिक्षालयहरुमा शोक विदा दिईएको जानकारी गराउँदै अन्य सम्बन्धित सबै विद्यालय, संघ संस्थाहरुलाई पनि दुःखद् घडिमा साथ दिन अपिल' गरिएको छ । गुरुङ्को गत बिहीबार निधन भएको थियो ।

यस्तै उक्त विज्ञप्तिमा शुक्रबार निधन भएका पूर्व शिक्षा मन्त्री धनिराम पौडेलको निधन प्रति समेत श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

प्रतिक्रिया