Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

भटाभट विद्यालय बन्दको निर्णय

आइतबार, ०१ असार २०७६

काठमाडौं - बढ्दो गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै तराई मधेसका विभिन्न पालिकाहरुले भटाभट विद्यालय बन्दको निर्णय गरेका छन् । वीरगञ्ज महानगरपालिकाले गर्मीका कारण विद्यालय बन्दको निर्णय गरेको पर्सिपल्ट रौतहटको चन्द्रपुर नगरपालिकाले पनि यो साता विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

आईतबार सूचना जारी गर्दै नगरपालिकाले बर्खे विदाबाट कट्टी हुने गरी ६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

यस्तै नवलपुरको गैंडाकोट नगरपालिकाले पनि तीन दिन विद्यालय बन्दको निर्णय गरेको छ । सोमबार देखि बुधबार सम्म पालिका भित्रका सबै विद्यालय बन्द गर्ने नगरपालिकाको निर्णय छ ।

यस्तै चितवनको भरतपुुर महानगरपालिकाले पनि गर्मीकै कारण पालिका भित्रका विद्यालय ३ दिनका लागी बन्द गर्ने निर्णय गरेको छ । सोमबार देखि बुधबार सम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय भएको पालिकाले जनाएको छ । चितवनको तापक्रम ३८ डिग्री भन्दा माथी पुगेको छ ।

यसैगरी हेटौंडा उप महानगरपालिकाले पनि सोमबार देखि शुक्रबार सम्म विदा दिने निर्णय गरेको छ । 

पछिल्ला केही दिन यता तराई मधेसमा अत्यधिक गर्मी बढ्दै गएको छ । गर्मीका कारण हिँडडुल सहित दैनिक कार्यमा नागरिकलाई सास्ति हुँदै गएको छ । दिउँसोको समयमा बाटो घाटो बजार र कार्यलयहरुमा समेत चहलपहल घट्दै गएको छ । 

प्रतिक्रिया