Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

परीक्षा छुटेका विद्यार्थीका लागि मौका

मंगलबार, ०३ असार २०७६

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले २०५८ साल र त्यस पछि भर्ना भएर पनि परीक्षा छुटेका विद्यार्थीका लागि मौका दिने भएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीलाई परीक्षा दिन पाउने गरी उक्त मौका दिईएको हो । 

उक्त अवधिमा भर्ना भएका तर परीक्षाको समय सीमा नाघेका तर सम्पूर्ण सैद्धान्तिक विषयहरु उत्तीर्ण गरी शोध पत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास काँकी रहेका सम्पूर्ण संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्र्तगतका परक्षिा सञ्चालन हुने त्रिविले जनाएको छ । 

यस्ता विद्यार्थीले आगामी साउन मसान्त भित्र मौखिक परीक्षा गरी भदौ मसान्त भित्र शोधपत्रको प्राप्ताँक परीक्षा नियन्त्रण कार्यालयमा आईपुग्नु पर्ने समय तोकेको छ । यस्तै ०५८ सालमा भर्ना भई ०७५ साल सम्म समयसीमा नाघेका स्नातकोत्तर, एक बर्षे विएड, तीन बर्षे स्नातक, प्रविणता प्रमाणपत्र तह अन्र्तगत सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण भएका तर प्रयोगात्मक र शिक्षण अभ्यास मात्र बाँकी रहेका विद्यार्थीले आफ्नो सम्बन्धित क्याम्पसबाट हरेक बर्षको छुट्टा छुट्टै फारम भराई असार २० गते भित्र परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने त्रिविले जनाएको छ । यस्ता विद्यार्थीले भदौ मसान्त भित्र प्रयोगात्मक र शिक्षण अभ्यास गराई प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन पर्ने छ  यसरी फारम भर्दा सैद्धान्तिक विषय उत्तीर्ण गरेका सबै मार्कसीटको प्रतिलिपी पेश गर्नु पर्ने विश्वविद्यालयले जनाएको छ । 

 

प्रतिक्रिया