Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक सरूवामा घुस ! शिक्षा इकाई प्रमुख पक्राउ

मंगलबार, १० असार २०७६

काठमाडौं - शिक्षक सरुवामा घुसको लेनदेन भईरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका इकाइ प्रमुखलाई पक्रेको छ । प्रमुख धन बहादुर वली २५ हजार घुस रकम सहित  पक्राउ परेका छन् ।

शिक्षा सेवाका शाखा अधिकृत वलीले शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि सेवा ग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोही आधारमा आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । वलीले घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया