Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

कक्षा १० को नतिजामा त्रुटि, पहिलेको मार्कसिट सच्याउँदै राख्दै !

विहीबार, १२ असार २०७६

काठमाडौं - यस बर्ष पनि कक्षा १० को नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयले त्रुटि गरेको छ । विहीबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्रयोगात्मकको व्यवस्थै नभएको गणितमा विद्यार्थीले प्रयोगात्मक ग्रेड प्राप्त गरेको उल्लेख सहित कार्यालयले मार्कसिट सार्वजनिक गरेको छ । 

हेर्नुहोस् दोश्रो फोटो :

अनिवार्य गणित र ऐच्छिक गणित बाहेकको विषयमा मात्रै प्रयोगात्मकको ग्रेड हुने भए पनि कार्यालयले वेभसाईट मार्फत् सार्वजनिक गरेको मार्कसिटमा अनिवार्य गणितको प्रयोगात्मकको ग्रेड उल्लेख गरिएको थियो । 

परीक्षाफलमा त्रुटि भएको भन्दै गुनासो आएपछि कार्यालयले उक्त त्रुटि सच्चयाएर अहिले दुबै विषयमा प्रयोगात्मकको ग्रेड उल्लेख नभएको मार्कसिट सार्वजनिक गरेको छ । 

हेर्नुहोस् पहिलो फोटो 

यसलाई सर्भरमा राख्दा भएको गल्तिका रुपमा बुझ्नु पर्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सामान्य भएको प्रतिकृया दिए । 

'हामीले थाहा पाए पछि सच्याईसकेका छौं' उनले भने 'यो सामान्य ईरर हो ।'

गत बर्ष पनि कक्षा १० को नतिजा सार्वजनिक गर्दा त्रुटी भएको थियो । उक्त त्रुटिलाई पनि बोर्डले सामान्य भन्दै पन्छिएको थियो । 

परीक्षाफल प्रकाशन जस्तो संवेदनशील कुरामा हरेक वर्ष त्रुटि हुनुले कार्यालयको कार्यसम्पादनमा प्रश्न उठ्दै आएको छ । 

यो पनि पढ्नुहोस् : कक्षा १० को नतिजाको तामझाम : असफल राजनीतिक नेतृत्व, व्यापारीको पञ्जामा कर्मचारीतन्त्र !

प्रतिक्रिया