Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

परीक्षामा सहभागी नभए पनि पास ! नम्बर बढाउन त्रिवि अन्र्तगत कार्यरतले नै बुझाए घुस

मंगलबार, २४ असार २०७६

काठमाडौं - घुस दिएर नम्बर बढाउन लगाएको अभियोग सहित त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा कार्यरत दुई र परीक्षाको गोप्य शाखाका १ कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । परीक्षाको परिणाम फेरबदल गरेको दाबी सहित त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका कर्मचारी राम बहादुर कर्माचार्य, त्रिवि कै आंगिक क्याम्पस भक्तपुर बहुमुखी क्याम्पस दुधपाटीमा शिक्षण सहायक (आंशिक) पदमा कार्यरत सुरेन्द्र प्रसाद कोईराला र बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरका का.मु प्रशासनिक अधिकृत केदार भट्टराई विरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

परीक्षामै सहभागी नभएका कोईरालाले घुसै बुझाएर समाज शास्त्रमा स्नातकोत्तर पास भएको अख्तियारको दावी छ । कोईरालाले अर्थशास्त्रको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउन बढी प्राप्ताङ्क हुने गरी अंक थपाउन लगाएका थिए । सोही आधारमा उनी प्रथम श्रेणीमा प्रथम भई गोल्ड मेडल पाएका थिए । कोईरालाले  सन् २०१९ को दीक्षान्तमा उक्त पदक पाएका थिए । 

यसै गरी ग्रामिण विकासमा कोईरालाले प्राप्त गरेको नतिजामा पनि  कर्माचार्यले नै अँक थपेका अख्तियारको दावी छ । यसका लागि कोईरालाल कर्माचार्यलाई एक लाख पचास हजार रुपैयाँ दिएका थिए । यस्तै भट्टराईले अर्थशास्त्रको स्नताकोत्तर तहका ५ वटा पेपरमा १० १० नम्बरका दरले ५० अंक थप गर्न कोईराला मार्फत नै तीन लाख रुपैयाँ कर्माचार्यलाइृ बुझाएको अनुसन्धानबाट देखिएकोले ४ लाख ५० हजार विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । 

कोईरालाले नतिजा फेरबदल गर्न तीन संकायका १५ वटा विषयमा ३ नम्बर देखी ५० नम्बर सम्म गरी कूल २२४ अंक थप गर्न लगाएको, त्यस्तै भट्टराईबाट तीन लाख रुपैयाँ लिई अर्थशास्त्रको स्नातकोत्तर तहको ५ विषयमा १० १० नम्बरका दरले ५० अंक थप गर्न लगाई प्रथम श्रेणीमा उत्तिर्ण गराएकोले कोईराला विरुद्ध पनि अख्तियारले ४ लाख ५० हजारकोृ विगो कायम गरी मुद्दा दायर गरेको छ । 

भट्टराईको हकमा तीन लाख रुपैयाँ पवगो कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । 

प्रतिक्रिया