Edukhabar
बुधबार, ०५ बैशाख २०८१
अन्तैवाट

अन्तर्राष्ट्रिय स्तरमा समय सापेक्ष बनाउन भन्दै चारवर्षे पाठ्यक्रम

मंगलबार, २८ साउन २०७६

काठमाडौं २८ साउन / त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई तीनवर्षेबाट चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले चारवर्षे बनाउने निर्णय गरेको हो । 

ब्याचलर इन आर्ट्स (बीए)मा ३१ विषय अध्यापन गरिँदै आएको छ । त्रिविमा स्नातक तहमा अन्य सबै सङ्कायका कार्यक्रम चारवर्षे भइसकेका थिए । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डिन प्राडा शिवलाल भुसालले अन्तर्राष्ट्रिय स्तरमा समयसापेक्ष बनाउन चारवर्षे पाठ्यक्रम बनाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अब बीएमा दुई हजार पूर्णाङ्क हुने छ । यसअघि एक हजार पाँच सय पूर्णाङ्क थियो । 

डिन डा. भुसालले ७० प्रतिशत बाह्य र ३० प्रतिशत आन्तरिक मूल्याङ्कन हुने जानकारी दिँदै भन्नुभयो, “आन्तरिक मूल्याङ्कन पनि आवश्यक पर्ने भएकाले अब परीक्षाका मुखमा भर्ना हुने प्रवृत्ति अन्त्य हुने छ । ”  
मानविकीमा पनि चारवर्षे पाठ्यक्रम शिर्षकमा गोरखापत्रमा प्रकाशित । 

प्रतिक्रिया