Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

छापामा शिक्षा : पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा

बुधबार, २९ साउन २०७६

काठमाडौं २९ साउन / मास्टर अफ ल (एलएलएम) को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । नयाँ पत्रिकामा छापिएको खबर अनुसार त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । 

डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् । 

पहिलो नतिजामा ४६.३३ प्रतिशत प्राप्त गरी २९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । 

नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । 
डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसै अनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् । 

नतिजा उल्टिएपछि आक्रोशित विद्यार्थीले कानुन संकायको डिन कार्यालय र परीक्षा शाखामा ताला लगाएका छन् । डिन कार्यालयमा ताला अख्तियारमा उजुरी

कापीमा एउटा, कम्प्युटरमा अर्कै नम्बर इन्ट्री भएको रहेछ : विनयसिंह सिजापती, डिन, कानुन संकाय, त्रिवि

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया