Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

सत्ताधारी दलको शिक्षा विभाग प्रमुखमा शिक्षा मन्त्री

शुक्रबार, ३१ साउन २०७६

काठमाडौं - सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को शिक्षा तथा मानव श्रोत विभाग प्रमुखको जिम्मेवारी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पाएका छन् । लामो समयको विवाद पछि नेकपाले केही प्रदेशका सह इञ्चार्ज थप्दै केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । विभागको उपप्रमुखमा विजय पौडेललाई चयन गरिएको छ । 

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र २ जना कार्यालय सचिवको जिम्मेवारी बाँडफाँटतय गरेको हो । सातै प्रदेशमा केही सहइञ्चार्ज थप गरिएको छ । प्रदेश इञ्चार्ज भने यस अघि नै चयन भईसकेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा जिम्मेवारी तोकिएको छ । 

जिम्मेवारी बाँडफाँटको सूची हेर्नुहोस्  :

 

प्रतिक्रिया