Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

बुहारी छात्रवृत्ति कार्यक्रम

मंगलबार, ०३ भदौ २०७६

काठमाडौं ३ भदौ /ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्राको अध्ययनमा सघाउन छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । पढाइमा प्रोत्साहन गर्न ओखलढुंगामा ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ शिर्षकमा नयाँ पत्रिकामा पूर्णप्रसाद न्यौपानेले लेखेको खबर अनुसार विवाहपछि पढाइ छोड्ने र खर्चका कारण पढाइलाई निरन्तरता दिन नसक्ने छात्रालाई लक्षित गर्दै सुनकोसी र खिजिदेम्बा गाउँपालिकाले ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ ल्याएका हुन् । 

सुनकोसी गाउँपालिकाले वार्षिक पाँच हजार र खिजिदेम्बा गाउँपालिकाले वार्षिक ६ हजार रुपैयाँको छात्रवृत्ति विवाहित छात्रालाई उपलब्ध गराएका छन् । बालविवाह गरेकाले भने यस्तो छात्रवृत्ति पाउने छैनन् ।

विवाहित महिलालाई माध्यमिक शिक्षा पढ्न प्रतिबुहारी विद्यार्थी वार्षिक पाँच हजार छात्रवृत्ति प्रदान गरिने सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘विवाह गरेपछि पढ्न छाड्ने चलनको अन्त्य गर्दै औपचारिक शिक्षा पूरा गराउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी विद्यार्थीलाई यसले समेट्नेछ । तर, छात्रवृत्ति प्राप्त गर्न वैधानिक विवाह भएको हुनुपर्नेछ ।’

प्रतिक्रिया