Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

राहत शिक्षकको प्रमाणपत्र नक्कली, प्रहरी नायब निरीक्षक माथि पनि मुद्दा

बुधबार, १८ भदौ २०७६

काठमाडौं  - प्राथमिक तहको राहत दरवन्दीमा कार्यरत शिक्षक माथि नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ । भानु माध्यमिक विद्यालय, कंञ्ज, शंकरपुर, कञ्चनपुरमा कार्यरत शिक्षक नन्दलाल तिरूवा विरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

शिक्षक तिरूवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट प्राप्त हाइस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राहत कोटाको दरबन्दीमा नियुक्ति पाएको अनुसन्धानबाट देखिएको अख्तियारको दावी छ । 

यसैगरी जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापा विरूद्ध पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर जागिर खाएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रहरी सहायक निरीक्षकको पदमा बढुवा हुनु अगावै खुल्ला प्रतियोगिताको लागि लिएको परीक्षामा फर्म भर्न उनले बुझाएको माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट प्राप्त इन्टरमिडिएट तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको अख्तियारको दावी छ । उक्त प्रमाणपत्र डोसियर बुकमा समेत उल्लेख गरेको देखिंदा उनको उक्त कार्य भ्रष्टाचार भएको अख्तियारको दावी छ । 

 

प्रतिक्रिया