Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

पदक तथा प्रमाणपत्र पाउने शिक्षकहरुको नाम सार्वजनिक

सोमबार, २३ भदौ २०७६

काठमाडौं - देशका विभिन्न शिक्षालयमा कार्यरत शिक्षकलाई सरकारले पदक तथा प्रमाणपत्र र प्रशंसापत्र दिएको छ । शिक्षा दिवसका दिन संख्या मात्र घोषणा गरिएकोमा सोमबार शिक्षा मन्त्रालयले पुरस्कृतहरुको नाम सार्वजनिक गरेको हो । 

शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने र प्रशंसापत्र पाउने १ सय १ जना शिक्षक , प्राध्यापक र मध्ये देशका ७७ वटै जिल्लाबाट सामुदायिक विद्यालयमा पढाउने एक एक जना शिक्षकलाई सरकारले शिक्षा दिवस पदक तथा प्रमाणपत्र दिएको छ । यस्तै विश्वविद्यालय तर्फ ११ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाएका छन् भने प्राविधिक शिक्षालय तर्फ ७ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाएका छन् । संस्थागत विद्यालय तथा नेपाल स्काउट तर्फ ६ जनाले प्रशंसापत्र प्राप्त गरेको मन्त्रालयले सार्वजनिक गरेकोछ । 

योग्य व्यक्ति भन्दा दलगत आवद्धताका आधारमा शिक्षक छनौट हुने क्रम बढेको भन्दै आलोचना भए पछि तीन बर्ष अघि हटाईएको शिक्षकलाई पुरस्कृत गर्ने क्रम शिक्षकका नेताहरुको तिव्र दवाव पछि यस बर्षबाट फेरी शुरु भएको हो ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पदक, प्रमाणपत्र तथा प्रशंसापत्र प्राप्त गर्नेहरुको नामावली यस प्रकार छ :

प्रतिक्रिया