Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

विद्यालयमा राजनीतिक किचलो, सरुवा भएर आएका शिक्षकलाई सहमती दिने नदिने विषयमा विवाद

बुधबार, २५ भदौ २०७६

काठमाडौं २५ भदौ / अन्यन्त्रबाट सरुवा भएर आएका शिक्षकलाई सहमती दिने नदिने भन्ने विषयको विवादका कारण सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित केश्वर गरिब जनता माविमा पठन पाठन ठप्प भएको छ । भदौ ९ गते विद्यालयमा बोलाक्ष्उइको अभिभावक भेलामै दोहोरो झडप हुँदा केही व्यक्ति घाईते समेत भएका थिए । झडप भएको दिन देखि विद्यालयमा तालाबन्दी छ । 

गोरखापत्रमा राजनीतिक किचलोले विद्यालय बन्द शिर्षकमा छापिएको खबर अनुसार समस्या समाधान गर्नुको साटो राजनीतिक दल आआफ्नो स्वार्थ पुरा गर्न लागिरहेका छन् ।  

विद्यालयमा १६ दिन दे िखजारी तालाबन्दी खुलाउन विवादमा संलग्न दुवै पक्षबीच पटक पटक छलफल भएपनि सहमती जुट्न सकेको छैन । 

प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले छलफल सकारात्मक रुपमा अघि बढेकोले एक दुई दिनमा विद्यालय खुल्ने अवस्था रहेको बताएका गोरखापत्रको उक्त खबरमा उल्लेख छ ।  

 

प्रतिक्रिया